images
images
  • पोखरीमा डुबेर धनुषामा ५ बालिकाको मृत्यु, दुईजना बेपत्ता


    धनुषा । पोखरीमा डुबेर धनुषाका पाँच बालिकाको ज्यान गएको छ।

    धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

    पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको प्रहरी उपरीक्षक रानाभाटले बताए। उनले पोखरीबाट ५ जनाको शव निकालिए पनि दुई जनाको खोजी भइरहेको बताए।

    उनले भने, ‘पोडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर पाउनासाथ प्रहरी जाँदा ५ जना बालिकाको शव निकालेका छौँ। दुई जना अहिले बेपत्ता छन्।’

    पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा रहेको रानाभाटले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images