images
images
  • भारतविरुद्ध गुल्सनले दिलाए नेपाललाई पहिलो सफलता

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालका गुल्सनकुमार झाले पहिलो विकेट लिएका छन् ।

    शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका ओपनर आदर्श सिंहलाई गुल्सनले ४.५ ओभरमा विकेटकिपर उत्तम मगरबाट क्याच गराए । आदर्श भारतीय टिमको स्कोरबोर्डमा २१ रन थपे ।

    जारी खेलको पाँच ओभर समाप्त हुँदा भारतले एक विकेट गुमाएर २६ रन बनाएको छ ।

    जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

    समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images