images
images
  • लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक

    काठमाडौं । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा रोक लगाएको छ । विभागले सो कम्पनीको सीटी २०२३ ब्याचको ५ सय एमजी पारासिटामोल ट्याबलेट बिक्रीमा रोक लगाएको हो ।

    राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । विभागले तत्काल त्यसको बिक्री–वितरण रोक्का गरी बजारबाट समेत फिर्ता ल्याउन कम्पनीलाई निर्देशन दिएको छ ।

    विभागले सर्वसाधारणमा पनि सो ब्याचको औषधि प्रयोग नगर्न अनुरोध गरेको छ ।

    asf 1706505134

    प्रतिक्रिया दिनुहोस्
    images
    images