images
images
  • कांग्रेसका नेतालाई महामन्त्रीको निर्देशन  माघ १६ वडामा हुने कार्यक्रममा अनिवार्य उपस्थित हुनुस्

    काठमाडौं  –  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेताहरुलाई १६ माघमा अनिवार्य आफ्नो वडामा जान निर्देशन दिएका छन् ।

    माघमा कांग्रेस ६ हजार ७४३ वडामा कार्यक्रम गर्र्र्दैछ । उक्त दिन क्रियाशील सदस्यता भएको आफ्नो वडामा अनिवार्य पुग्न थापाले सहिद दिवसको अवसर पारेर १६ निर्देशन दिएका छन् ।
    ७८औं पार्टी स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रम उनले देउवालाई पनि वडामा जान आग्रह गरे । ‘चाहे सांसद, मन्त्री हुनुहोस्, चाहे सभापति हुनुहोस्, चाहे भातृ संस्थाको प्रमुख हुनुहोस् । त्यो दिन सहिदलाई सम्झनको निम्ति जहाँको क्रियाशील सदस्य हो, त्यही पुग्नुपर्दछ,’ थापाले भने ।सहिद दिवसको दिनमा काठमाडौंमा देखिए कार्यक्रममा नपुगेको मानिने उनले बताए ।
    भाषण र औपचारिकताको कार्यक्रम उक्त दिन नहुने उनले जानकारी गराए । वडा तहका कार्यक्रममा अनिवार्य सहभागी हुन निर्देशन दिँदै उनले जिल्ला र केन्द्रमा नेता बस्न नपाउने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images