images
images
  • नेपालले  पहिला फिल्डिङ गर्ने

    काठमाडौं – नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिदै नेपाललाई फिल्डिङ को निम्तो दिएका हुन ।
    नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ । नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ । तिलक लेगस्पिनर हुन् । दीपक फिनिसर हुन । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
    अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
    नेपालको प्लेइङ ११
    देव खनाल कप्तान, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दीपक बोहरा, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, तिलक राज भण्डारी, विपिन रावल विकेटकिपर र आकाश चन्द छन ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images