images
images
  • यू-१९ विश्वकप : नेपालका प्रमुख पाँच ब्याटर पेभेलिएन फर्किए

    काठमाडौं  नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध आफ्ना शीर्ष पाँच विकेट गुमाएको छ ।

    बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २७ ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको छ । विपिन रावल ६८ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

    नेपालको सिनियर टोलीबाट खेली सकेका गुलशन झा ४ रनमा क्रिजमा छन् ।

    ओपनर अर्जुन कुमाल अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भएका थिए । त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच हुँदै पेभेलिएन फर्किए ।

     

    कप्तान देव खनाल र विपिन रावलले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गरेका थिए । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रनमा आउट भएका हुन् । स्पिनर अली असफन्डलाई १८ औं ओभरको पहिलो बलमा लङअनमा सट खेल्ने धुनमा मिडअनमा उबेद साहबाट क्याच आउट भएका थिए ।

     

    उत्तमथापा मगर स्पिनर अफरत मिन्हासको बलमा एज लागेर ४ रनमा क्याच आउट भएपछि नेपाल २१ ओभरमा ८५–४ को अवस्थामा पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images