नेकपा एमाले दोलखाले १० ओैं जिल्ला अधिवेशनको प्रतीक (लोगो) सार्वजनिक गरेपछि अनेक सुझावहरू आइरहेको छ । यही माघको १९ देखि २१ गतेसम्म चरिकोटमा हुने अधिवेशनको लोगोबारे नेपाली कांग्रेस दोलखाका सभापतिदेखि विभिन्न राजनीतिक विचार राख्नेहरूले सुझाव दिनुभएको छ । दोलखाको राजनीतिमा सबैभन्दा बलियो दल नेकपा एमालेको जिल्ला अधिवेशनका गतिविधिबारे सुझाव र शुभेच्छाहरू प्रकट हुनु स्वभाविक छ ।
नेकपा एमाले, दोलखाको इतिहासमा अतुलनीय योगदान गर्दै आएका कुमार कला ग्रुपका कुमार र कुशल थापाले तयार गरेको लोगो सबैलाई मन पर्ने खालको छ । एमालेका केन्द्रमा आइटी र कला क्षेत्रमा काम गर्ने कमरेडहरूले पनि दोलखाको लोगोलाई `हाइ क्वालिटी´ भनेर प्रशंसा गर्नुभयो । संसारभर विभिन्न कार्यमा लोगोहरू प्रयोग हुने गर्छन् । लोगोमा देश, प्रकृति, धर्म, संस्कृति, मानिस, जनावर प्रतीकको प्रयोग गर्ने प्रचलन पुरानै हो । देशका झन्डा, विशेष कार्यक्रम र उत्सवहरूमा लोगो सार्वजनिक गरिन्छ । विशेष विज्ञहरू माझ प्रतिस्पर्धा वा विभिन्न तरिकाले लोगो बनाउन लगाइन्छ । उत्कृष्टलाई प्रयोगमा ल्याइन्छ ।
नेपालको समय मापन हुने कुमारी हिमाल गौरीशंकरलाई मूख्य विषय बनाएको छ ।
एमाले दोलखाले भने यो अधिवेशनको लोगोमा देशको समय मापन हुने कुमारी हिमाल गौरीशंकरलाई मूख्य विषय बनाएको छ । कुमारी पवित्र हिमालय क्षेत्रको किनारबाट तिब्बत नाका खुलेपछि नेपालको `कैलास पर्वत´ मा चिनिया र भारतीय पर्यटक भित्र्याउन जोड दिन लोगोमा हिमाल समेटिएको हो ।
रातो सूर्योदय अंकित गरिनुको मतलब दोलखामा उज्याला दिनहरू निम्त्याउन अधिवेशन सार्थक होस् भन्ने अर्थमा राखिएको हो । रातो अर्थात उज्यालो दोलखाको विकासका लागि क्रान्तिका आधारहरू तय गर्न अधिवेशनको मुद्दा बनोस् भन्ने हो । सूर्य एमालेको चुनाव चिन्ह पनि हो । साथै, हँसियाहथौडा अंकित झण्डा विश्व कम्युनिस्टहरू साझा झण्डा हो ।
कुमारी पवित्र हिमालय क्षेत्रको किनारबाट तिब्बत नाका खुलेपछि नेपालको `कैलास पर्वत´ मा चिनियाँ र भारतीय पर्यटक भित्र्याउन जोड दिन लोगोमा हिमाल समेटिएको हो ।
याे झण्डा दोलखाको गाउँवस्ती र हरेक घरमा फहराई रहोस् भन्ने उद्घोरक्तपातपूर्ण विश्वका मजदुर आन्दोलनमा दुष्मणको आक्रमणबाट ढलेका मजदुरका रातो रगतले लतपतिएको कपडा भाटमा बाधेर विजयको झण्डा फहराइएको थियो । त्यही झण्डाको प्रतीकमा मजदुरको मूख्य ज्यवल हँसिया हथौड़ा राखेर विश्वका कम्युनिष्हरूले झण्डामा एकरूपता ल्याए । हामीले बनाएको लोगोमा, खै राष्ट्रिय झण्डा ? भन्ने प्रश्न पनि आएको छ । राष्ट्रिय झण्डाको इज्जत गर्दै कार्यक्रम स्थलमा मात्र राखिने सल्लाह भए बमोजिम गरिएको हो । सबैभन्दा वढी बहस सूर्योदयभित्र भीमेश्वरको शीलाबारे भयो । १० ओैं अधिवेशनको संकेत गर्न राखिएको शून्यभित्र भीमेश्वरको शिलाको स्केच निकै सुहाएको थियो र दोलखा जिल्लाको पर्यटन विकासमा खास अर्थ पनि राख्थ्यो । तर, फेसबुक कमेन्ट र फोनबाट शीलाको दुरुपयोग भएको तर्क गरिएर धार्मिक आस्थाको पवित्रतामा भड्काउ हुन खोजेपछि हामीले लोगो सच्यायौं । हाम्रो आशय के थियो भने, सम्भवत् `विश्वको एकमात्र शीलामा पसिना आउने मूर्ति´ भीमेश्वरको विविध पक्षबाट प्रचार गरिनुपर्छ ।खासगरी नेपालका आदिवासी सबै जातजातिले आराधना गर्ने भीमेश्वर हो । साथै, गौरीशंकरपछि वढीले चिन्ने भीमेश्वर पनि हो । यिनै उदेश्यले राखिएको भीमेश्वरको मूर्तिको प्रतीकलाई दोलखाको एक ब्राण्ड बनाउन खोजेका थियौं । सूर्य, पृथ्वी, चन्द्रमा, इश्वर, भन्ने कुरा प्रत्येक प्राणीको हो र सबैजानाको साझा सम्पत्ति र विश्वास पनि हो । असल नियतले व्यक्तिगत र संस्थागत रूपमा साझा वस्तु वा आस्थालाई प्रतीकको रूपमा प्रयोग गर्न मिल्छ भन्ने ठानेर लोगोमा भीमेश्वरको शीलाको स्केच राखिएको थियो । मानव जातीका साझा वस्तुहरूका स्केचहरू व्यक्ति या संस्थाहरूले प्रयोग गर्दा प्रतिलिपी अधिकार लिइरहनु पनि पर्दैन भन्ने हामीले सोचेका थियौं । लोगोमा मिति राख्नुपर्ने बहस धेरैका सुझाव आए पनि नराखिएको नै हो । लोगोहरू प्रतीक भएकोले छाप जस्तो मात्र हो, मितिलाई प्रयोग गरिने पोस्टर, व्यानर, कार्ड आदिमा लेखेर पनि जनाउन सकिन्छ । लोगो जति सफा देखियो, त्यति नै सुन्दर, र अर्थपूर्ण देखिन्छ भन्ने मान्यता प्रयोग गरिएको ह । लोगोमा नीलो धर्सोले खुला र सफा आकाश जस्तै राजनीति क्षेत्र पनि होस भन्ने विश्वास जगाउन खोजिएको हो ।
कुमारी पवित्र हिमालय क्षेत्रको किनारबाट तिब्बत नाका खुलेपछि नेपरातो सूर्योदय अंकित गरिनुको मतलब दोलखामा उज्याला दिनहरू निम्त्याउन अधिवेशन सार्थक होस् भन्ने अर्थमा राखिएको हो ।
नेकपा एमालेले चितवन महाधिवेशनमा एकसिङ्गे गैडाले अघिल्ला दुई खुट्टा उचालेर झण्डा बोकेर बसेको लोगोमा पनि आलोचना भएको थियो । दुर्लभ गैडाको घर चितवनमा भएको महाअधिवेशनले एक सिङ्गे गैडाको संरक्षणका साथै विश्वमाझ प्रचारलाई मुद्दा बनाएको विषयमा धेरैको ध्यान गएन । गैडा उभिने कुरा र कम्युनिष्टको झण्डा उठाउने लोगोको कटाक्ष गरियो । त्यसो त अमेरिकाका दुई ठूला पार्टीमध्ये डेमोक्र्याटिक पार्टीको झन्डामा गधा र रिपब्लिकनको हात्ती छ । तिनीहरूका चुनावचिह्न पनि गधा र हात्ती नै हुन् । यी दुई जनवारलाई एकअर्को पार्टी र मिडियाले अनेक व्यङ्ग्य गरेर उडाइरहेका हुन्छन् । नेकपा एमालेको इतिहासमा छैठौं महाधिवेशनदेखि लोगोको प्रयोग हुन थालेको पाइन्छ । छैठौंमा पार्टीको हँसिया–हथौडा अंकित झन्डालाई प्रयोग गरियो । सातौंमा अक्षरहरूको पृष्ठभूमिमा जानकी मन्दिरको चित्र मिलाइएको थियो । आठौंमा बुटवलको ऐतिहासिक जितगढी किल्ला र सूर्य चिह्नलाई लोगोका रूपमा प्रयोग गरियो ।नवौंमा राष्ट्रिय झन्डा र नौ अंकको मिश्रणसहित काठमाडौंका ऐतिहासिक थलोलाई आधार बनाएर प्रतीक बनाइयो । दोलखा एमालेले पनि अधिवेशनमा लोगोको प्रयोग गर्दै आएको छ ।
दोलखा एमालेले पनि अधिवेशनमा लोगोको प्रयोग गर्दै आएको छ । प्रजातन्त्रको उदय (२०४६) पछिको पहिलो आम निर्वाचन (२०४८) देखि नै कुमार थापाको कलालाई दोलखा एमालेले प्रयोग गर्दै आएको छ । कुमार कलासँग पहिलो निर्वाचन देखि नै प्रचारको क्षेत्रमा म जोडिएको छु । रातभर भित्ते लेखन, व्यानर वनाउने, प्रचार सामग्री टाँस्ने र वितरण कार्यमा कुमार कलासँग संगति गरियो ।
कुमार र कुशलले तयार पार्नुभएको अति नै सुन्दर लोगो जस्तै जिल्ला अधिवेशन पनि भव्य, सभ्य र लोभलाग्दो नेतृत्व चयन गरेर सम्पन्न होस भन्ने अपेक्षा सबैको छ । यो लोगो नेकपा एमाले दोलखाको १० ओैं जिल्ला अधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले तयार गरेर अधिवेशन आयोजक कमिटी संयोजकलाई पेश गरेपछि संयोजकले पार्टी सञ्चालन संयन्त्रको निर्णय लिएर सार्वजनिक गरिएको हो ।
(लेखक नेकपा एमाले, दोलखाका उपाध्यक्ष हुन् )


विश्व खबर 




















