६ असार २०७८, आईतवार   |  June 20, 2021
advertisement of bishwo khabr
Tika Gurung

डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु , एक जना घाइते

पाँचथर पिकअप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिका ४ समुहगाढमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका ५ तारानगरका ५० वर्षीय जीप चालक हुकुम शाहको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिका ८ का २६ वर्षीया देवकुमारी शाह घाइते हुनुभएको हो ।

घाइते शाहको को दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सु। प्र। प। ००१००१ च २६१५ नम्बरको जीप शुक्रवार बिहान पौने पाँच बजे दुर्घटनामा परेको हो ।

जीप अनियन्त्रित भइ सडकबाट झन्डै एक सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n