images
images
  • भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा , २४ घण्टामा थपिए ९१ हजार संक्रमित

    काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर घट्दो दरमा पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ४०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ६३ हजार ९७ पुगेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा ९१ हजार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ९२ लाख ७३ हजार ३३८ पुगेको छ ।

    भारतमा हाल ११ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा हालसम्म २ करोड ७७ लाख ७८ हजार ८९४ जना निको भएका छन ।

    यसैगरी विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख १ हजार नाघेको छ । अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार १ सय बढीको मृत्यु भएको छ । विश्वमा १५ करोड ९४ लाख ५९ हजार बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images