images
images
  • नेपालकाे इतिहासकै पहिलाे पटक सरकारकाे प्रवक्तामा महिला, काे हुन् नैनकला ?

    काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ। थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन्।

    प्रधानमन्त्री ओलीले हिजो सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।

    यस्तो छ उनको परिचय :
    नाम: नैनकला थापा
    जन्मस्थान स् बुटवल
    हाल स् चितवन
    शैक्षिक योग्यता स् वि.ए., वि.एड.
    अनुभव :
    पूर्व शिक्षिका : – कालिका मा।वि। बुटवल
    – नारायणी मा.वि चितवन
    संगठन स् २०३५-०३६ विद्यार्थी आन्दोलनमा सहभागी
    २०३८ ; नेकपा (चौम) पार्टी सदस्य
    २०३८;अ.ने।.म।.संघ जिल्ला सचिव
    २०४२ ; अ.ने.म.संघ केन्द्रयि महासचिव
    २०४७ ; अ।ने।म।संघ केन्द्रीय संयोजक
    २०५० ; एककिृत अ.ने.म.संघ केन्द्रीय महासचिव
    २०६४-२०६८; राष्ट्रिय महिला आयोग अध्यक्ष
    – तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार
    – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य

    प्रतिक्रिया दिनुहोस्
    images
    images