images
images
  • चीनको उत्तरपश्चिममा भूकम्प, एक सयभन्दा बढीको मृत्यु

    बेइजिङ। चीनको उत्तरपश्चिमकाे पहाडी क्षेत्रमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। चीनकाे समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार मध्यरात अघि आएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिमेकी प्रान्त छिङहाइमा अन्य ११ जनाको मृत्यु भएको बताएको छ।

    सिन्ह्वाका अनुसार गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन्। भूकम्पको धक्का छिङहाइसँगको प्रान्तीय सिमानाबाट करिब ५ किलोमिटर (३ माइल) टाढा रहेको थियो।

    राज्य प्रसारक सीसीटीभीले पानी र बिजुली लाइनहरू साथै यातायात र सञ्चार पूर्वाधारमा क्षति पुगेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images