images
images
  • यु-१९ एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडाैं। एसीसी यू-१९ एसिया कप क्रिकेट आज देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदैछ। एसिया कपको पहिलो खेलमा आज समुह ‘ए’ अन्तर्गत नेपालले दुबइमा पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ। यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ ।

    त्यस्तै आज नै समुह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुदै छ । यो खेलपनि नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि नै शुरु हुदै छ । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ ।

    नेपाली टोलीमा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद घिमिरे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, बिशाल बिक्रम केसी,  सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकास चन्द रहेका छन् ।

    यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । नेपालले दोस्रो खेल मङ्सिर २४ मा अफगानिस्तानको र मङ्सिर २६ मा भारतको सामना गर्ने छ ।

    कुल ८ देशले भाग लिने यू-१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

    दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९  मा हुने छन् भने फाइनल खेल पुस १ मा हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images