images
images
  • केपी ओली कप : कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

    पोखरा । कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टि -२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रंगशालाको क्रीकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

    टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

    आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो ।

    कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । यस्तै समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए ।

    यता आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ को यागदान दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images