images
images
  • फिफा विश्वकप छनोट : आज नेपाल र यमन भिड्दै

    काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा यमनसँग आज दशरथ रंगशालामा आज बेलुका ७ बजे प्रतिस्पर्धा गर्दै छ ।

    नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४–० को हार ब्यहोरेको नेपालका लागी आजको यो खेल अर्को चरण प्रवेशका लागि महत्वपूर्ण हुनेछ।

    यमन पनि बहराइनसँग २–० ले पराजित भएको थियो। त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ।

    फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

    दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।

    चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images