images
images
  • महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

    काठमाडौँ – चार देशीय महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ ।

    प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको खेलका लागि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाउन सफल भएको छ ।

    नेपालका लागि ओपनर पूजा महतोले ४३ रन बनाइन्। क्याप्टेन इन्दू बर्मा १२ रन बनाएर आउट हुँदा रुविना क्षत्रीले २१ रन बनाइन्। सिता राना मगरका नाममा ५ रन रह्यो। रोमा थापा २२ रन बनाएर रन आउट हुन पुगिन्। रुविना र रोमा रन आउट हुन पुगे।

    जापानकी अरिका टोक्ची र आयुमी फुजिकावा र आहिल्या चण्डेलको नाममा एक एक विकेट लिए।

    हङकङमा कमजोर साबित भएका नेपाल र जापानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेका हुन्। नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो।

    यसअघि समूह चरणको अन्तिम खेलमा हिजो नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो। पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो। जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो।​

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images