images
images
  • भूकम्पमा परी घाइते भएका ७ जनालाई ल्याइयो काठमाडौं

    काठमाडौं । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर शुक्रवार मध्यराती गएको भूकम्पमा परी घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरुलाई पश्चिम रुकुमबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएपछि उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।

    नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजमार्फत ७ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइएको र त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो।

    निगमको एक ट्वीनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images