images
images
  • विश्वकपमा छनोट हुन नेपालले पायो १३५ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

    मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

    यूएईका लागि भृत्य अरविन्दले ६४ रन बनाए। यस्तै मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे।

    नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक/एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images