images
images
  • ओमानसँग नेपाल ५ रनले पराजित

    काठमाडौं। विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ। बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भएकाे हाे।

    १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो। अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।

    नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए।

    आसिफ शेखले ५ रन मात्र जोड्न सके। गुल्सन झाले ३ रन बनाए । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ। ओमान समूह विजेता बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images