images
images
  • विश्वकप छनोट : नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

    काठमाडाैं। आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध जीतका लागि १४६ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएसँगै नेपालले १४६ रनको मध्यम लक्ष्य पाएको हो ।

    ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप  लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिएका थिए। लामिछानेले एउटै ओभरमा ओमानका दुई जना ब्याटरलाई पेबेलियन फर्काएका थिए।

    ओमानका ब्याटर जिसन मक्सुदले ३२ र प्रतीक अथाभलेले २४ बाहेक अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्। त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images