images
images
  • मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

    काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइल प्रवेश गरेको छ । मलेसियालाई ४ विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको थियो । मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो ।

    नेपालले लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

    नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरे । मल्लले ३४ बलमा ६५ रन बनाए ।

    मलेसियाका लागि सयद अजिजले अर्धशतकीय पारी खेले । अजिजले ४९ बलमा ६८ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।

    अविनाश बोहोराले ४ विकेट लिए । नेपालका लागि सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक, एक विकेट लिए ।

    समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

    नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुगेको छ ।

    समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

    नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images