images
images
  • पेस्तोल र गोलीसहित दुई जना पक्राउ

    काठमाडौं । पेस्तोल र गोलीसहित प्रहरीले मोरङ केराबारीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बू र बेलबारी नगरपालिका(२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू रहेका छन् ।

    इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गणेश लिम्बूको घरबाट कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरिएको हो ।

    लिम्बूले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको प्रहरीको आशंका छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images