images
images
  • एसीसी यू-१९ प्रिमियर कप : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले साउदी अरबलाई आजको खेलमा फराकिलो अन्तरले पराजित गदै सेमिफाइलनको यात्रा तय गरेको हो ।

    ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

    योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।

    साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।

    यसअघि मलेसियाको युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।

    नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रनबनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

    चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

    साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुईरदुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एकरएक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images