images
images
  • यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

    काठमाडौं- नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका हुन् ।

    विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।

    आज खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।

    नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images