images
images
  • त्रिदेशीय टि-२० सिरिज आजदेखि, युएई र नेपाल भिड्दै

    काठमाडौं – आजदेखि काठमाडौंमा नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज सुरु हुँदै छ। मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे नेपाल नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

    नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ। युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ।

    एसियाली खेलकुदबाट फर्किए लगत्तै नेपाली टिम अभ्यासका लागि भारत गएको थियो। टिम सोमबार मात्र काठमाडौं आइपुगेको हो।

    आईसीसी टि–ट्वेन्टी विश्वकप छनोट अघि हुन लागेको सिरिज महत्त्वपूर्ण रहेको राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान रोहित पौडेलको भनाइ छ। युएई कप्तान मोहम्मद वासिमले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको नेपाल र हङकङलाई पराजित गर्दै सिरिज उपाधि जित्ने लक्ष्य राखेको उल्लेख गरे।

    नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्व आए पछिको यो पहिलो खेल हो। क्यानका सचिव तथा प्रतियोगिताका निर्देशक पारस खड्काले अन्तिम समयमा सिरिजको तयारी गरेको उल्लेख गरे। नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ।

    डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल असोज १० गते हुनेछ। सिरिजको फाइनलबाहेक सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ। मूलपानीमा टि–ट्वेन्टी–आईको खेल पहिलो पटक हुन लागेको हो। यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images