images
images
  • अफगानिस्तानमा फेरि गयाे शक्तिशाली भूकम्प

    काबुल- केही दिनअघिको शक्तिशाली भूकम्पले हल्लाएको पश्चिमी अफगानिस्तानमा आज बिहान फेरि ६.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।यसअघिका भूकम्पमा परेर हेरातका दुर्गम गाउँमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

    त्यहाँ राहत र उद्धारका काम जारी नै छन् ।उद्धारकर्मीहरू घरका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् ।यहीबीच आज बिहान ५ बजेको आसपासमा तीनवटा शक्तिशाली भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

    यस भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइ नसकेको टोलो न्यूजले जनाएको छ । लगातारका परकम्पले अफगानिस्तानमा त्रासको वातावरण छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images