images
images
  • इजरायलमा रहेका नेपालीबारे जानकारी दिन सरकारले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं- सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ। हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो ।

    प्रेस ब्रिफिङ अपराह्न साढे ४ बजे हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३ सय बढीले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये अधिकांशले नेपाल फर्किन चाहेको बताएका छन् भने बाँकीले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेको बताएका छन् ।

    असोज २० गते हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। यसैबीच इजरायलमा हमास समूहले गरेको आक्रमणमा परेर घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार आएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

    दुताबासले जारी गरेको विज्ञप्तीमा सम्पर्कविहीन रहेका एकजना नेपाली विद्यार्थीको खोजिकार्य जारी रहेकाे छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images