images
images
  • द्वन्द्वग्रस्त इजरायलमा १८ हजार भारतीय, सबै सकुशल

    काठमाडौं- तेल अभिभस्थित भारतीय दूतावासका अनुसार इजरायलमा १८ हजार भारतीय बस्छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उनीहरू सबै सकुशल छन्।

    इजरायल पुगेका भारतीय पर्यटकले दूतावासलाई सुरक्षित रूपमा त्यहाँबाट बाहिरिनका लागि अपिल गरेका छन्।

    यसैबीच अमेरिका, फ्रान्स, जर्मनी र युक्रेनले आफ्ना नागरिकको हत्या भएको पुष्टि गरेका छन्।

    यसैबीच हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन भएको छ।

    सरकारका अनुसार उनीहरूसमेत इजरायलमा कूल नेपालीको संख्या ४ हजार ७ सय ६५ थियो। तीमध्ये ४ हजार ५ सय केयरगिभरका रूपमा कार्यरत छन् भने २६५ जना विद्यार्थी हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images