images
images
  • विश्वकप क्रिकेट: विराट र राहुलको शतकीय साझेदारीमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

    काठमाडौं- विराट कोहली र केएल राहुलको धैर्यपूर्ण ब्याटिङप्रेरित भारतले भारतले एकदिवसीय विश्वकप क्रिकेटमा ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको छ ।

    गएराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे ।

    यस्तै, विराट कोहलीले ८५ रनको योगदान गरे । हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे । रोहित शर्मा र इशान किशनलाई शून्य रनमा गुमाएर खराब शुरुवात गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए । अष्ट्रेलियाका जोस हेजलउडले ३ तथा मिचेल स्टार्सले १ विकेट लिए ।

    त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलिया १ सय ९९ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५–१५ रन जोडे ।

    भारतका रबिन्द जडेजाले ३ विकेट लिए भने कुलदीप यादव र जसप्रीत बुम्राहाले २ –२ विकेट लिए । यस्तै, मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images