images
images
  • आईसीसी विश्वकप क्रिकेट: आज उपाधि दावेदार भारत र अस्ट्रेलिया भिड्दै

    काठमाडौं- आईसीसी पुरुष विश्वकप २०२३ को पाँचौँ खेलमा आज घरेलु टोली भारतले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दुई उपाधि दावेदारबीचको भिडन्त चेन्नईको एम चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

    ५ पटकको ओडीआई विश्वकप विजेता अस्ट्रेलिया र दुई पटकको च्याम्पियन भारत जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनासहित मौदान उत्रने छन् । आज चेन्नईमा वर्षाको सम्भावना न्यून रहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

    एम चिदम्बरम स्टेडियमको पिच स्पिनर मैत्री हुने गर्दछ । त्यसकारण टस जित्ने टोलीले पहिला ब्याटिङ रोज्न सक्नेछ । भारतका लागि शुभमन गिलको स्थानमा इशान किशनले कप्तान रोहित शर्मासँग ओपनिङ गर्न सक्ने छन् । सानदार लयमा रहेका गिल बिरामी भएपछि चिकित्सकको निगरानीमा छन् ।

    भारतले अतिरिक्त स्पिनर खेलाउन सक्छ यस्तो अवस्थामा रविचन्द्रन आश्विनले टिममा स्थान बनाउने छन् । ह्यामस्ट्रिङक चोट बोकेका मार्कस स्टोइनिसको उपलब्धताको बारेमा अस्ट्रेलियाले कुनै जानकारी गराएको छ । दुवै टोलीमा विश्वस्तरीय ब्याटर, बलर र अन्तराउन्डरको बर्चस्व भएकाले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान छ ।

    दुई देशबीच हालसम्म १ सय ४९ ओडीआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ । विश्वकपमा दुई देश १२ पटक आमनेसामने हुदाँ अस्ट्रेलियाले ८ खेल जित्दा भारत मात्र ४ खेलमा विजयी भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images