images
images
  • एसियाली खेलकुद : कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन फाइनलमा

    काठमाडौं – चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन्। फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तीमा रजत पदक जित्ने पक्का भएको छ।

    कराते खेलाडी गुरुङले केही बेर अघि सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी हुन्।

    गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी हुन्। यसअघि आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन्।

    दुवैबिचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन्। फाइनलमा उनले आजै काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित खेल्ने छिन्।

    योसँगै नेपालको जारी १९ औँ एसियाली खेलकुदमा दोस्रो पदक पक्का भएको छ। यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images