images
images
  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौँ- १९औँ एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा शतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

    पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि मालदिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

    क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्‍यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट वञ्चित हुँदै नेपाल फर्किएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images