काठमाडाैं बुधबारदेखि स्वास्थ्यकर्मीहरूले अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो हडताल सुरु गरेका छन्। बुधबार बिहानदेखि शुरु भएको हडताललाई आज पनि निरन्तरता दिदा यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ।
अमेरिकाको सबैभन्दा ठूलो गैर नाफामुलक स्वास्थ्य संस्थाका युनियनका सदस्यहरूको हडतालका कारण भर्जिनिया, कोलम्बिया र वेस्ट कोस्टको जनजीवन अस्तब्यस्त बनेको छ।
सो युनियनले तलब वृद्धि, श्रमको उप–सम्झौता खारेज र बाह्य आपूर्ति विरुद्ध सुरक्षा लगायत माग राख्दै आएको छ।
आफ्ना माग सम्बोधन नभएसम्म हडताल जारी राख्ने कर्मचारीले चेतावनी दिएका छन्।
कर्मचारीको स्तर विवाद सुल्झाउन नसकेपछि एउटै स्वास्थ्य संस्थामा कार्यरत ७५ हजार बढी कर्मचारी सडकमा उत्रेका हुन् । यो हडताल अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो भएको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















