images
images
  • अमेरिकी राष्ट्रपतिको दौडमा भारतीय मूलका ३८ बर्षिया विवेक रामास्वामी

    काठमाडौं- अमेरिकामा राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारीको दौडमा रहेका ३८ वर्षीय अर्बपति विवेक रामास्वामी आफ्ना अजेन्डाका कारण चर्चामा छन्। उनी भारतीय मूलका नेता हुन्।

    अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्।

    पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रत्यक्ष संवादमा सहभागी नभएकाले यो बहस त्यति रुचिकर नहुने ठानिएको थियो। तर, प्रत्याशी उम्मेदवारले यो आकलनलाई गलत सावित गरिदिएका छन् र ट्रम्पविनाको बहस पनि रोचक बनेको छ।

    रामास्वामी  बहसमा माइक पेन्स, निकी हेली, टिम स्काट, क्रिस क्रिस्टी, रान डिसेङ्टिस, एसा हचिङ्सन, डग बरगुम र विवेक रामास्वामी सहभागी थिए। सबै उम्मेदवारले राम्रो प्रस्तुति गरे पनि भारतीय मूलका विवेक रामास्वामी सर्वाधिक आकर्षणका केन्द्र बनेका छन्।

    सन् १९९५ को अगस्ट ९ मा उनी अमेरिकाको ओहायोमा जन्मेका थिए । हिन्दु परिवारमा जन्मे, हुर्केका रामास्वामीले पढाइ भने क्याथोलिक माध्यमिक विद्यालयमा गरेका थिए ।

    उनले हार्बर्ड विश्वविद्यालयबाट जिवविज्ञानको अध्ययन गरेका थिए । त्यसपछि येल ल स्कूलमा पढाइ गरेका थिए ।

    ‘हेज फन्ड इन्भेस्टर’समेत रहेका रामास्वामीले येल विश्वविद्यालयबाट स्नातक सक्नुअघि नै लाखौं डलर कमाइसकेको बताएका छन् ।

    उनले सन् २०१४ मा आफ्नै बायोटेक कम्पनी रोइभान्ट साइन्सेसको स्थापना गरेका थिए ।

    यसले ठूला कम्पनीहरूबाट पूर्णरूपमा विकास नभइसकेका र बजारीकरण नगरिएका औषधिहरूको प्याटेन्ट खरिद गरेको थियो ।

    सन् २०२१ मा उनले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका थिए ।

    यसै वर्ष फोब्र्सले उनको कुल सम्पत्ती ६३ करोड अमेरिकी डलर रहेको आंकलन गरेको थियो ।

    रामास्वामीले आफू कलेजमा हुँदा स्वतन्त्रतावादी रहेको बताएका छन् । हार्बर्डमा हुँदा उनले यसकै पक्षमा ¥याप गीतहरू गाउने गरेका थिए ।

    अहिले उनले आफ्नो चुनावी अभियानका क्रममा पनि ¥याप गीत सुनाएका छन् ।

    उनले सन् २००४ मा स्वतन्त्र उमेदवारका लागि मतदान गरेको र सन् २००८, २०१२ र २०१६ मा मतदान नै नगरेको बताएका छन् ।

    उनले रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका उमेदवारका लागि योगदान गरेको र सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि मतदान गरेको बताएका छन् ।

    रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उमेदवार
    पछिल्ला वर्षहरूमा रामास्वामी कट्टर कन्जरभेटिभ बनेका छन् । सन् २०२१ मा उनले आफ्नो बेस्टसेलर पुस्तक ‘वोक ईंक’मा सामाजिक न्याय र जलवायु परिवर्तनको विषयमा ठूला कम्पनीहरूको निर्णयको आलोचना गरेका छन् ।

    पछिल्लो समय उनी कन्जरभेटिभहरूबीच दक्षिणपन्थीका रूपमा उदाएका छन् । रामास्वामीले गत फेब्रुअरीमा आफ्नो उमेदवारी घोषणा गरेका थिए ।

    विभिन्न सर्वेक्षणमा अझै पनि कम समर्थन पाइरहेका रामास्वामीले फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसललाई विस्तारै चुनौती दिएका छन् ।

    गत महिनाको पहिलो बहसमा उनले ट्रम्पका भन्दा पनि कडा विषयहरू उठाएपछि उनले समर्थन र आलोचना झनै पाएका छन् ।

    पार्टीभित्रबाट बलियो समर्थन जुटाउन उनी ट्रम्पका समर्थक बनेका छन् ।

    आफू हिन्दु भए पनि उनले अमेरिका क्रिश्चियन मूल्य मान्यता र जुडयो क्रिश्चियन मूल्य मान्यतामा आधारित भएको भन्दै आफूलाई राष्ट्रवादी देखाउँदै आएका छन् ।

    रामास्वामीले अघि सारेका एजेन्डाहरू खासगरी कन्जरभेटिभ छन् । उनले बलात्कार र आमाको स्वास्थ्य जोखिम भएबाहेक ६ हप्तापछिको गर्भपतनमाथिको राज्यस्तरीय प्रतिबन्धको समर्थन गरेका छन् ।

    रामास्वामीले राष्ट्रपतिको शक्तिलाई थप विस्तार गर्न चाहेका छन् । अर्कातिर एफबीआई, शिक्षा विभाग र आन्तरिक राजस्व सेवा कर संकलनसहित संघीय सरकारका विभिन्न निकाय ध्वस्त गर्न चाहेका छन् ।

    उनले युक्रेनका लागि नेटो सदस्यताको विरोध गरेका छन् । युद्ध रोक्न रुसले पहिलै कब्जा गरिसकेका भाग उसलाई छोड्नुपर्ने र कीभले मस्कोसँग सहमतिमा जानुपर्ने उनको भनाइ छ ।

    उनले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो खतरा मानेका छन् ।

    अमेरिकामा सन् २०२४ को राष्ट्रपति पदको चुनावमा रिपब्लिकन पार्टीबाट ९ जना उमेदावरको दौडमा छन् ।

    रामास्वामीसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, फ्लोरिडाका गभर्नर रोन डसेन्टिस, दक्षिण क्यारोलिनाका पूर्वगभर्नर निक्की हेली र टिक स्टकलगायत छन् ।

    पार्टीभित्रबाट छानिएपछि रिपब्लिकन र डेमोक्रेट पार्टीका उमेदवार राष्ट्रपति पदका लागि चुनाव लड्नेछन् । -रोयटर्सबाट

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images