images
images
  • पाकिस्तानमा मस्जिदनजिकै विस्फोट: २५ जनाको मृत्यु, ५० व्यक्ति घाइते

    काठमाडौं- पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ बजार सहरमा विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

    मस्तुङका एसएसपी शोएब मसुदले विस्फोटमा २५ जनाको मृत्यु भएको र ५० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।

    अहिले प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

    जुलुसलाई लक्ष्य गरी गराइएको विस्फोट आत्मघाती आक्रमण हुनसक्ने आशंका प्रहरीले गरेको छ।

    तर अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

    मस्तुङका सहायक आयुक्त अत्ता अल-मुनैमका अनुसार मदिना मस्जिदनजिकै विस्फोट भएको थियो, जहाँ मानिसहरू मिलाद मनाउन भेला भइरहेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images