वासिङटन डिसी- चिनियाँ ह्याकरका कारण दुई देशबीचको तनाव फेरि बढेको हो । अधिकारीहरूका अनुसार चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्य दस्तावेजमा पहुँच पुर्याएका छन्।
ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका करिब ६० हजार इमेलहरू चोरी गरेका हुन्। एन्टोनी ब्लिन्केनको चीन भ्रमण अघि चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्यता भंग गरेका छन्।
अमेरिकाकाे विदेश विभागका वरिष्ठ आईटी अधिकारीहरूले अमेरिकी संसदको सिनेटमा यस विषयमा जानकारी गराएका हुन्।
सिनेटर एरिक स्मिटले भने ‘चिनियाँ ह्याकरहरूले पूर्वी एसिया र प्रशान्त मामिलाहरूमा केन्द्रित राज्य विभागका नौ अधिकारीहरू र युरोपेली मुद्दाहरूसँग सम्बन्धित अन्य अधिकारीहरूको इमेलमा पहुँच पुर्याएका छन्।’
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले ह्याकरहरूले करिब ६० हजार इमेलहरू चाेरी गरेकाे बताएका छन्।
इमेल कम्पनीले आरोपितले ह्याकिङका लागि विशेष इमेल सफ्टवेयर प्रयोग गरी आक्रमण गरेको बताएका छन्। अधिकारीहरुका अनुसार चीनले पछिल्लो समय आफ्नो ह्याकिङ क्षमता विकास गरेको छ ।


विश्व खबर 

















