images
images
  • क्रिकेटर भीम सार्कीले पाए स्नातक अध्ययनका लागि फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

    काठमाडौं- नेपाली क्रिकेट टिमका ब्याट्सम्यान भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक(विविए)अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। कलेजले आज एक विज्ञप्ति जारी गर्दै क्रिकेटर सार्कीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी गराएको हो ।

    कलेजका निर्देशक अविनाश अधिकारीले भीम सार्कीको क्रिकेट प्रतिको समर्पण प्रशंसनीय भएको उल्लेख गर्दै उनको क्षमता र प्रतिवद्धतालाई सम्मान गर्दै यो छात्रवृत्ति मार्फत उनको शैक्षिक यात्रामा सहयोग गर्न पाउँदा कलेज परिवार गौरवान्वित भएको उल्लेख गरेका छन् ।

    फिनिक्स कलेज अफ म्यानेजमेन्टले यसअघि राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो।

    फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा विविए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।

    नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत १२ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको फिनिक्स कलेज अफ म्यानेजमेन्ट, मैतीदेवी काठमाडौंमा अवस्थित छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images