images
images
  • एसियाली खेलकुद : नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य

    काठमाडौं – एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ।

    चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको हो।

    नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए।

    पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको थियो।

    नेपाली ब्याटरले शाननदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए। फलतः नेपाल टी–२० आइकै कीर्तिमानी स्कोर बनाउन सफल भयो। मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए।

    नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएको छ।

    यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका थिए।

    यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी-२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। उनले १० बलमै अर्धशतक पुरा गरेका थिए।

    कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्।

    उनले ३४ बलमा शतक पुरा गरे। यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान थियो।

    मंगोलियापछि नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images