images
images
  • बागलुङको सिडिओमा रिजाल

    काठमाडौं- बागलुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा खगेन्द्र प्रसाद रिजाल नियुक्त भएका छन् ।

    तत्कालीन प्रजिअ रोशनी कुमारी श्रेष्ठको भक्तपुर प्रशासनमा सरुवा भएसँगै रिक्त बागलुङ प्रशासन प्रमुखमा रिजाललाई पठाइएको हो । यसअघि उनी भक्तपुरको प्रजिअ रहेका थिए ।

    भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।

    सरुवा मिलानका क्रममा रिक्त हुन पुगेका जिल्लामध्ये बागलुङमा रिजाल गएका हुन् । उनले सोमबारदेखि पदभार ग्रहण गरी नियमित कामकाज शुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images