images
images
  • एसियन गेम्सका लागि सन्दीप आज चीन जाँदै

    काठमाडाैं- क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीन जाने भएका छन्।

    सन्दीपसँगै सागर ढकाल पनि एसियन गेम्सका लागि आज चीन जाने भएको हुन्।

    अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्दीप नेपाली टोलीसँगै चीन जान पाएका थिएनन् भने सागर अन्तिममा ललित राजवंशी घाइते भएपछि टिममा परेका थिए कागजपत्र मिलाउँदा सागर पनि सँगै जान पाएका थिएनन् ।

    अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। सन्दीप र सागर मध्यान्ह १२ बजेको फ्लाइटमार्फत चीन प्रस्थान गर्ने छन् ।

    एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार जापानसँग समूह चरणमा खेल्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images