images
images
  • अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रुसको खोजी सूचीमा

    मस्को– रुसले अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।

    रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो ।

    पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासङ्घको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार एजेन्सीहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।

    सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहनुभएका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images