images
images
  • १९ औं एसियाड : आज नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं- १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । उत्तरी छिमेकी चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने भएपनि फुटबल, भलिबल र क्रिकेट खेल यसअघि नै सुरु भइसकेका छन् ।

    जसअनुसार नेपालले आज महिला फुटबलमा भियतनामसँग मैदानमा उत्रन लागेको हो । नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ। जुन खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट सुरु हुनेछ ।

    नेपाली महिला फुटबल टोलीले यसै  खेलमार्फत एसियन गेम्समा डेब्यु गर्नसमेत लागेको हो । सो प्रतिस्पर्धाको समूह ‘डी’ मा मा रहेको नेपालले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । नेपालले पहिलो पटक नै समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images