images
images
  • यू-१९ साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

    काठमाडौँ –  यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो ।

    पाकिस्तानले ७५ औँ मिनेटमा गोल गरेको थियो । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।

    नेपालले अब सोमबार मालदिभ्ससँग खेल्ने छ । त्यसअघि शनिबार पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् । यसअघि आजै भएको समूह बीको खेलमा भारतले बङ्गलादेशलाई ३-० ले हराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images