काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्देशनमा नगर प्रहरी परिचालित भएका हुन् ।
नगर प्रहरीका अनुसार ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने छ । नगर प्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएको बताइएको छ ।
नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने छ ।
महानगरले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो। तर आन्दोलित शिक्षक महासंघले कारबाही गरिएमा प्रतिकार थाल्ने चेतावनी दिएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















