images
images
  • यू–१९ साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तान भिड्दै

    काठमाडाैं- १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ ।

    नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्लादेश छन् । नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

    त्यस्तै,  सन् २०१७ मा पनि उपाधि जितेको थियो । आज हुने अर्को खेलमा साविक विजेता भारत र बङ्लादेशबीच दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे खेल हुनेछ । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images