images
images
  • काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं- उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन शनिबार सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रगती प्रतिवेदन, कोष तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै संघले जेष्ठ सदस्य फोटोग्राफर तथा समर्पित महिला सदस्य फोटोग्राफरहरुलाई सम्मान गरेको छ ।

    त्यसैगरी ८ औं अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । हरि घिमिरे अध्यक्ष सहित १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्य समितिमा अध्यक्षमा हरि घिमिरे, उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशम राज पण्डित, कोषाध्यक्षमा सुशिल ज्ञवाली र सह– सचिवमा रण बहादुर श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

    नयाँ कार्य समिति सदस्यहरुमा हरि ज्ञवाली, किशोर रिजाल, कालिका प्रसाद रिमाल, माधव प्रसाद तिमल्सिना, कृष्ण पराजुली, राजकुमार बजगाई, बसन्त जोशी, मनिस तमखु, मनिष तामाङ, भक्त राज श्रेष्ठ, अभिन माझि, चन्द्र लाल राई रहेका छन् ।

    निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले पेशागत हक हितलाई संरक्षण गरी अझ मर्यादित र सम्मानीत पेशा बनाउन नयाँ कार्य समितिले प्रतिवद्धताका साथ कार्य गर्ने जनाए।

    अधिवेशनले निर्विरोध निर्वाचित गराउँदा नै एकताको सन्देश दिएको शक्तिले फोटोग्राफी पेशालाई थप उचाइमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष घिमिरेले थपे, कार्य समितिले सम्पूर्ण फोटोग्राफरहरुको प्रतिनिधित्व गर्नुका साथै सबैको भावनालाई अवश्य कदर गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images