images
images
  • द्वन्द्वकालमा राखेको बम विस्फोट, पूर्व–पश्चिम राजमार्गमा क्षति

    काठमाडौं- दाङमा पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट भएको छ । हिजो (शनिबार) बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    उक्त प्रहरी कार्यालयका अनुसार हिजो राति जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी नजिकै बम विस्फोट भएको थयो ।

    १० वर्षे सशस्त्र संघर्षको बेला राखिएको बमको अवशेष पड्किएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

    बम विस्फोटका कारण राजमार्गको आधा खण्ड भत्किएको छ । सडक भ्वाङ्गै भ्वाङ्ग परेको प्रहरीले बताएको छ ।

    यद्यपि राजमार्गमा चल्ने यातायात भने नरोकिएको प्रहरीले बतायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images