images
images
  • एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

    काठमाडौँ- आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो। छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन्। त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन्।

    त्यसैगरी ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा अटाएका छन्। एसियाली खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा माल्दिभ्स र मङ्गोलिया रहेका छन्। यसपटकको एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ।

    नेपालबाट कूल दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एसियाली खेलकुद प्रतियोगिता आगामी असोज २१ गतेसम्म चल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images