images
images
  • एसिया कप : आज पाकिस्तान र श्रीलंका भिड्दै

    काठमाडौँ- एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्।  खेल नेपाली समय अनुसार कोलम्बोमा दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

    आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। भारत एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। आजको खेल वर्षाले प्रभावित भए श्रीलंका फाइनलमा प्रवेश गर्नेछ भने पाकिस्तान बाहिरिने छ।

    श्रीलंका रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान तेस्रो स्थानमा। श्रीलंका साविक विजेता हो भने पाकिस्तान वानडे क्रिकेटको बरियताको नम्बर वान। यस अघि पाकिस्तान भारतसँग २ सय २८ रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने श्रीलंका मंगलबार भारतसँग ४१ रनले नै पराजित भएको थियो।

    बङ्गलादेश भने दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। भारत र बङ्गलादेशको खेल भोलि हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images