images
images
  • श्रीलंकालाई हराउँदै भारत पुग्यो एसिया कपको फाइनलमा

    काठमाडौं- भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। भारत एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो।

    मंगलबार राति कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ।

    आयोजक श्रीलंका विरुद्ध भारत २१३ रनमा सीमित भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा २ सय १३ रन बनाउँदा सबै विकेट गुमायो।

    भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो। ​ श्रीलंकाका लागि दुनिथ वेलालागेले ४२, धनञ्जय डी सिल्भाले ४१, चरिथ असलंकाले २२, सदीरा समाराविक्रममा र कुशल मेन्डिसलेसमान १७–१७ रन बनाए

    श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४, रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २–२ विकेट तथा मोहम्मद सिराज र हार्दिक पाण्ड्यले समान १–१ विकेट लिए ।

    प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले ४ अंक जोडेको छ। समान खेलबाट २ अंक जोडेको श्रीलंका अंक तालिकाको दोस्रो स्थानमा छ।

    प्रतियोगितामा भोलि श्रीलंका र पाकिस्तानको विजेताले भारतसँग फाइनल खेल्ने छ। यी दुईबीचको खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images