images
images
  • एसिया कप क्रिकेटः भारतको २५० सय रन पुरा

    काठमाडौं- एसिया कप क्रिकेटमा भारतले २ सय ५० रन पुरा गरेको छ। श्रीलङ्काको आर प्रेमदासा क्रिकेट स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेलमा भारतले हालसम्म २ विकेट गुमाएर २ सय ५० रन बनाएको छ।

    भारतका लागि यतिबेला मैदानमा विराट कोहली ५७ र केएल राहुल ७१ रन बनाएर ब्याटिङ गरिरहेका छन्।

    रिजर्भ डे मा भइरहेको खेलमा भारतले आइतवार २४ दशमलव १ बल खेल्दै २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। आज सोही स्कोरलाई अघि बढाउँदै खेल सुरु भएको हो।

    आइतवारका लागि निर्धारित खेल वर्षाका कारण स्थगित भएपछि खेल रिजर्भ डे मा सुरु भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images